बाढीपीडितकाे दर्दनाक कथा : तीन सय परिवारले तीन दिनसम्म खानको लागि केही पनि नपाएपछि मुसा मारेर खान थाले

काठमाडाैं ।  भारतको उत्तर बिहारमा आएको बाढीका कारण कैयौं परिवार विस्थापित भएका छन् ।

त्यहाँको तीन सय परिवारले बाच्नकै लागि मुसा मारेर खाइरहेका छन् ।

कदवाको दांगी टोलामा तीन सय परिवार बाढीमा फसेका थिए ।

उनीहरुसँग भएको सबै अन्नपातहरु पनि बाढीले बगाइसक्यो ।

तीन दिनसम्म खानको लागि केही पनि नपाएपछि उनीहरुले मुसा मारेर खाएको आजतकले जनाएको छ ।

यो खबर पाएपछि त्यहाँका सांसद्ले बाढीपीडितहरुको लागि प्रसाशन अझ कटिवद्ध भएर लाग्ने जनाएको छ ।

उसो त यो समुदायका मानिसहरु पहिला पनि मुसा खाने गर्थे ।

पछि सरकारी कार्यक्रमका कारण अन्नहरु पाउन थालेपछि उनीहरुले मुसा मारेर खान छाडे तर अहिले फेरि उनीहरु एकपटक आफ्नो पुराना दिनमा फर्किएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया