सलार्ही । सर्लाहीमा प्रदर्शन गरिरहेका उपर प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ भने अन्य ३ जना घाईते भएका छन् ।
अबैध उत्खननले बनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्तिको माग गर्दै राजमार्ग अबरुद्ध गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको हो । आन्दोलनमा गएका स्थानीयलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको हो ।
अराजक भिडलाई नियन्त्रणमा लिन खोजिरहेका बेला प्रहरीमाथि नै आक्रमण सुरु गरेपछि प्रहरीकै ज्यान जाने अवस्था देखेर बाध्य भएर गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।
स्थितीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको थियो । प्रहरीले गोली चलाउँदा स्थानीय सत्यनारायण महतोको मृत्यु भएको छ भने स्थानीयहरुको ढुंगामुढाबाट ८ जना प्रहरी पनि घाईते भएका छन् ।
उता,प्रदेश प्रहरीका अनुसार प्रदर्शनकारी र प्रहरीको झड़प हुँदा १५ जना सशस्त्र प्रहरी र ५ जना नेपाल प्रहरी घाइते भएका छन । यस्तै तिघ्रामा गोली लागेका एकजना प्रदर्शनकारीलाई थप उपचारको लागि जनकपुर ल्याउन लागिएको प्रहरीले जनाएको छ ।
ईश्वरपुर नगरपालिका–१३ का लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको शब आइतवार विहान खाल्टोबाट निकालिएको बताइएको छ ।







