प्रधानमन्त्रीज्यू कालो सिसाबाट धुलो देखिँदैन ..सांसद रंगमती शाही

काठमाडौँ ।  केहि दिन अघि प्रधानमन्त्री   के.पी शर्मा ओलीले काठमाडौँमा अहिले मस्क लगाएर हिड्नु पर्ने स्थिति छैन भनेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्रीको भनाइप्रति व्यंग्य गर्दै कालो सिसाबाट धुलो नदेखिने टिप्पणी गरेकी छिन् ।

सोही विषयमा बोल्दै नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री ओलीलाई एक आग्रह गरेकी छिन् ।

उनले ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी हुन् ।

बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले भनिन्, ‘ आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् ।

बनस्थलीसम्म जाऊँ । माक्स लगाउन पर्छ कि पर्दैन हेरौं । ‘

प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिको सामाजिक सन्जालमा पनि चर्को अलिचना भैरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया