पश्चिमी वायुको कारण आज हल्का वर्षाको सम्भावना, सोमबारबाट मौसममा सुधार आउने

काठमाडौँ / चीसो मौसम दिन पर्तिदीन बढी रहेको छ । यो समयमा सबै ले आफ्नो ख्याल राख्नु अति जरूरी छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

बंगालको खाडीमा बनेको जवाद नामको सामुन्द्रिक चक्रवातको प्रभाव आजबाट हटेर जाने भएको छ। बंगालको खाडीको मध्य पश्चिम भु-भागमा हिजो शुक्रबार बनेको चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर पूर्वतर्फ सर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहे पनि यसको अप्रत्यक्ष प्रभावले प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ।

यस्तै प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने सो प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया