देशभर २९०९ कोरोना संक्रमण,१८ जनाको मृत्यु

काठमाडौं, २१ कात्तिक- पछिल्लो २४ घण्टामा देशभर २९०९ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन्।

यसैगरी शुक्रबार थप ४५ सय जना कोरोना संक्रमणमुक्त भएका छन्।  कुल संक्रमणमुक्तको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ।हाल नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया