त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा यतीको विमान चिप्लियो, विमानस्थल अवरुद्ध !

फाइल फोटो

२७ असार, काठमाडौं । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको  धावनमार्गमा चिप्लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी दिए ।

विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

‘अवतरणका क्रममा यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिन पुगेको छ’, तिवारीले भने, ‘हामीले चिप्लिएको विमानबाट सबै यात्रुलाई बाहिर निकालेका छौं ।’

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानकाे उडान-अवतरण  दुवै अवरुद्ध बनेको छ ।

आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् ।

वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता तिवारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया