एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावाद नजिक बिहीबार बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको भने ३४ जना घाइते भएका छन् ।
इस्लामावादबाट करिव ४५ किलोमिटरको दूरीमा पर्ने हसन अब्दलनजिकै तीव्र गतिमा गुडिरहेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
स्वात सहरबाट लाहौरतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनामा परी घाइते भएका यात्रुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानमा अप्रशिक्षित चालक, खराब सडकका कारण सडक दुर्घटनाहरु हुँदै आएका छन्बिहान ३ बजेतिर भएको हो ।
चिप्लो बाटो भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको भए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।







