चट्याङ लागेर एक वृद्धाको मृत्यु !

काठमाडौँ, नुवाकोटमा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ ।

चट्याङ लाग्दा मृत्यु हुने किस्पाङ गाउँपालिका ४ साल्मेका ७४ वर्षीय फइलामा तामाङ रहेका छन् । प्रहरी उपरीक्षक कृष्णाबहादुर माल्लीमगरका अनुसार वस्तु चराएर घर फर्किदै गरेका तामाङलाई चट्याङ लागेको हो ।

चट्याङ लाग्दा गम्भीर घाइते भएका तामाङलाई उपचारको निम्ति अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया