ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई गाभ्ने, दुई सञ्चालक जनताबाट, सिइओमा क्षेत्री नै

काठमाडौं। मेगा बैंकसँग मर्जरको कुराकानी गरिरहेको ग्लोबल आइएमइ बैंकले जनता बैंक नेपाललाई गाभ्ने भएको छ। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि जोडी खोजिसक्न सबै बैंकलाई निर्देशन दिएपछि ग्लोबल निरन्तर मर्जरको पहलमा थियो।

आधा दर्जन बढि संस्थालाई गाभेको ग्लोबल आइएमइ बैंकले जनता बैंकलाई गाभ्नका लागि आजै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ। बैंकले साङ्ग्रिला होटलमा हस्ताक्षर कार्यक्रम राखेको थियो।

स्रोतहरुका अनुसार, मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ। सञ्चालकमा दुई जना जनता बैंकबाट आउने छन्।

प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन्। बरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन्। सम्पति तथा दायित्व मूल्यांकनपछि शेयर आदन प्रदान अनुपात कायम गरिने भएपनि प्रारम्भिक मूल्यांकनमा जनतालाई एक शेयर बराबर ८५ रुपैयाँ हाराहारी दिने सहमति भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया