काठमाडौँ, बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुर्मुस सुन्तलीले निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।
चन्दा संकल गरेर मात्र रंगशाला पूर्ण बन्न नसक्ने तिर संकेत गर्दै उनले यस राष्ट्रिय गौरवको आयोजनामा सरकारले आवश्यक सबै खालका सहयोग गर्ने बताएका छन् ।
उनले यसका लागी सरकारले आवश्यक सहयोगका लागि प्रोत्साहन स्वरुप बजेट विनियोजन गर्ने बताएका छन् ।
उनले भने, ‘ ठूला योजनाका काममा सामान्य समस्या एवं विवाद आइरहन्छन्, विवाद समाधान भइसकेको छ, अब सहमति बमोजिम नै कामहरु अगाडि बढ्नेछन्, । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण थालेको यो रंगशाला निमार्णका लागि देश-विदेशमा रहेको नेपालीहरुबाट समेत सहयोगको अपेक्षा राखिएको छ । ‘







