केपी ओलीको स्वास्थ्यमा एकाएक समस्या

काठमाडौँ \ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा एकाएक समस्या आएको छ । ओली केहि दिनदेखि अस्वस्थ भएको स्रोतले बतायो ।

मंगलबार अपराह्न संसद बैठकमा सहभागी नभएपछि सोधखोज गर्दा बालकोट स्रोतले केही दिनयता स्वास्थ्यमा समस्या आएको बताएको छ ।

ओली वैशाख २७ गतेदेखि नै अस्वस्थ भएको तर सबैतिर गुपचुप राखिएको पाइएको छ । उनको निवासमै उपचार भैरहेको र आराम गरिरहेको स्रोतले बतायो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया