वि.सं. २०७६ असार १९। बिहीबार। इ.स. २०१९ जुलाई ४। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। ने.सं. ११३९ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। द्वितीया, २१:१३ उप्रान्त तृतीया। नक्षत्र– पुनर्वशु, ६:४२ बजेउप्रान्त तिष्य। योग– व्याघात, ११:०२ बजेउप्रान्त हर्षण। करण– वालव, १०:१७ बजेदेखि कौलव, २१:१३ बजेउप्रान्त तैतिल। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ९ पला। श्रीजगन्नाथ रथयात्रा।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज तपाइँमा भावुकताको मात्रा अधिक रहने हुँदा कसैको वाणी या व्यवहारले तपाइँको भावनामा ठेस पुग्न सक्दछ । आमाको स्वास्थ्यको कारण निकै चिन्तित रहनु हुनेछ । तपाइँको स्वाभिमानमा ठेस पुग्न सक्दछ । ग्लानीको अनुभव गर्नु हुनेछ । भोजन र निन्द्रामा अनियमितता रहनेछ । स्त्री र पानीबाट टाढा रहनु होला । विद्यार्थीको लागी मध्यम समय रहेको छ । मनको शान्तीको लागी आध्यात्म नै उत्तम रहनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चिन्ता कम हुँदा निकै राहत अनुभव गर्नु हुनेछ । आज तपाइँ केही भावुक र संवेदनशील रहनु हुनेछ जसकारण तपाइँको कल्पनाशक्ति र सृजनशक्ति झल्किनेछन् । साहित्य लेखन तथा कलाक्षेत्रमा योगदान दिनु हुनेछ । परिवारको सदस्य, विशेषरूपले आमाको साथ आत्मियता बढ्नेछ । छोटो यात्रा या पर्यटन हुन सक्दछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुरुवाती समस्या पश्चात तपाइँको निर्धारिक कार्य पुरा हुनेछ जस कारण तपाइँ प्रशन्न रहनु हुनेछ । आर्थिक योजनाको कारण तपाइँको निकै समस्या कम भएको अनुभव गर्नु हुनेछ । नोकरी व्यवसायमा सहयोगीको सहयोग मिल्दा माहोल राम्रो बन्नेछ । मित्र तथा प्रियजनको साथको भेटघाटले खुसीको मात्रा बढ्नेछ । परिवारमा शान्ती र आनन्दको माहोल रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मित्र तथा परिवारको साथ निकै राम्रो दिन बित्नेछ । उनीहरुको तर्फबाट पाइएको उपहारले खुसीलाई दुई गुणा बढाउनेछ । बाहिर घुमफिरको कर्यक्रम तथा स्वादिष्ट भोजनको अवसर मिल्नेछ । शुभ समाचार मिल्नुका साथै आर्थिक लाभ हुनेछ । पत्नीको साथ सुखपूर्वक समय बित्नेछ । आज शारीरिक र मानसिक दुवै तर्फबाट आनन्दको अनुभव गर्नु हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज कानुनी मामलाबाट टाढा रहनु होला । मनमा बेचेनी रहनुका साथै विभिन्न चिन्ताले सताउनेछ । शारीरिक स्वास्थ्य खराब हुन सक्दछ । आफ्नो वाणी र व्यवहारमा संयम राख्नु होला । आज तपाइँ निकै भावुक रहनु हुनेछ । अधिक खर्च हुनेछ । स्त्री वर्गबाट बच्नु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तपाइँलाई विविध क्षेत्रमा यश, कीर्ति र लाभ मिल्नेछ । तपाइँमा लक्ष्मीजीको कृपा रहनेछ । ठुलाबडा र मित्रको साथ तपाइँको दिन आनन्दमा बित्नेछ । प्रवासको अवसर प्राप्त हुनेछ । पत्नी र बच्चाको साथ राम्रो समय बित्नेछ । दाम्पत्य जीवनमा आनन्द प्राप्त हुनेछ । संतानको समाचार मिल्नेछ । प्रिय व्यक्तिको साथ भेटको सम्भावना छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज घर र कार्यस्थलमा राम्रो वातावरण रहँदा प्रशन्नताको अनुभव गर्नु हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । पदोन्नतिको योग छ । कार्यालयमा शिर्ष अधिकारीहरुले कामको प्रशंशा गर्नेछन् । परिवारमा हर्षोल्लासको माहोल रहनेछ । माताको तर्फबाट लाभ हुनेछ । सरकारी कार्यमा सफलता मिल्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज तपाइँ शारीरिक र मानसिक रुपमा थकान र आलस्यको अनुभव गर्नु हुनेछ । जसकारण उत्साहमा कमि आउनेछ । यसको प्रभाव व्यावसायिक क्षेत्रमा पनि देखिने हुँदा समस्या आउनेछ । शिर्ष अधिकारीको तपाइँ प्रतिको व्यवहार नकारात्मक रहनेछ । सन्तानको साथ नत्भेद हुन सक्दछ । कुनै पनि महत्त्वपूर्ण निर्णयलाई आज स्थगित गर्नु नै लाभदायक रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज कुनै पनि नयाँ कार्य आरम्भ नगर्नु नै उचित हुने देखिन्छ । आफ्नो स्वास्थ्य प्रति सावधान रहनु होला । कफ तथा पेट सम्बन्धी बिमारीले सताउनेछ । शल्यक्रिया जस्तो ठुलो मामलालाई आज स्थगित गर्नु होला । निकै चिन्तित रहनु हुनेछ । पानीबाट टाढा रहनु होला । अचानक केही बिमारीले सताउनेछ । खर्चमा वृद्धि हुनेछ । वाणी र व्यवहारमा संयम राख्नु आवश्यक छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दैनिक कार्य बाहेक आजको दिन मनोरंजनमा बित्नेछ । स्वादिष्ट भोजन प्राप्त हुनुका साथै मित्रको साथ घुमफिरको आयोजन हुनेछ । विपरीत लिंगीय मित्रको साथ राम्रो समय बित्नेछ । प्रबल धन लाभको योग छ । व्यापारमा वृद्धि हुनेछ । भागिदारीबाट लाभ हुनेछ । सार्वजनिक जीवनमा मान-सम्मान बढ्नेछ । कार्य सफलताको साथ स्वास्थ्य पनि राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य सफलताको लागी निकै उत्तम दिन रहेको छ । आफुले गरेको कार्यमा यश र कीर्ति मिल्नेछ । परिवारमा सौहार्दपूर्ण वातावरण रहनेछ । तन-मन देखि नै ताजगी र स्फूर्तिको अनुभव गर्नु हुनेछ । खर्च बढ्नेछ । बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
आज तपाइँको कल्पनी शक्तिमा निखार आउनेछ । आजको दिन साहित्य सृजनको लागी उत्तम रहेको छ । विद्यार्थीले विद्याध्यनमा राम्रो प्रदर्शन गर्नेछन् । स्वभावमा भावुकता र कामुकता अधिक रहनेछ । पेट दुखाइको सम्भावना छ । मनमा भय रहनेछ । मानसिक संतुलन बनाई राख्नु पर्नेछ । प्रणयको लागी अनुकुल दिन छ ।


