काठमाडौं । टलक्क टल्किने र ताजा देखिने तरकारी सबैको रोजाइमा पर्छ । तर यस्तै तरकारीमै विषादीको मात्रा बढी हुन सक्ने विज्ञहरुको भनाइ छ ।
बरु अलिकति किरा लागेको, मध्यम आकारको, बांगोटिंगो, सामान्य चमक भएको तरकारीमा कम विषादी हुन सक्छ ।
बेमौसमीको दाँजोमा मौसमी तरकारी र फलफुलमा विषादी कम हुन्छ ।
नेपाल कृषि अनुसन्धान परिषद् बागवानी अनुसन्धान महाशाखाका प्रमुख ईश्वरीप्रसाद गौतमका अनुसार बेमौसमी तरकारी फलफुलमा धेरै किरा लाग्ने भएकाले किसानले अत्यधिक विषादी हालेका हुन्छन् ।
यसरी कम गर्न सकिन्छ विषादीको असर
–तरकारी किनेर ल्याएपछि १–२ दिन प्रिज वा चिसो ठाउँमा राखेपछि उपयोग गर्नु राम्रो हुन्छ ।
–नुनपानीमा आधा घण्टा डुबाएपछि सफा पानीमा पखालेर खानुपर्छ ।
–बोक्रा ताछेर मात्र प्रयोग गर्दा असर कम हुन्छ ।
– गोलभेंडा बाहिर सेतोसेतो दाग देखियो भने त्योे एक दुई दिनअघि विषादी हालेर ल्याएको हो भन्ने थाहा पाउनुहोस् । कागतीको रसको उपयोग गरेर तरकारीमा विषादीको प्रभाव कम गर्न सकिन्छ ।







