ओली सरकार पछि हटेपछि नेकपा एक्शनमा, बिषादीयुक्त तरकारी र फलफूल सिमानामै रोकिने

काठमाडौं ।  भारतबाट आउने तरकारी तथा फलफूलमा विषादीको मात्रा चेकजाँच गर्नबाट ओली सरकार पछि हातेपछि विद्रोही नेपाल कम्युनिष्ट पार्टीले कडा आपत्ति जनाएको छ । उक्त पार्टीका झापा जिल्लासेक्रेटरी मनिसले सोमबार विज्ञप्ति मार्फत यस्तो आपत्ति जनाएका हुन् । उनले हाल मन्त्रीपरिषद बैठक र प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा नेपाली जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्नेगरी बिना चेकजाँच भारतबाट विषादीयुक्त तरकारी, फलफुल लगायतका खाद्य पदार्थ भित्र्याउन आदेश दिएकोमा घोर निन्दा तथा भत्र्सना गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ -‘कथित दुई तिहाईको हवाला दिँदै केपी–पिके–बादल मण्डली प्रत्यक्ष अप्रत्यक्ष रुपमा उनिहरुकै अनुकुलतामा एकपछि अर्को निर्णय गर्दै असली दलालमा परिणत भएको स्वयं आफैंले प्रमाणित गरेका छन् । यसको पछिल्लो उदाहरण नेपाली किसान दाजुभाई दिदीबहिनीहरुलाई निरास पार्दै र आम नेपाली जनताको स्वास्थ्यमाथि प्रत्यक्ष गम्भीर खेलबाड गर्ने गरी खाद्य तथा गुण नियन्त्रण विभागले भारत तथा तेस्रो मुलुकबाट आउने फलफूल, तरकारी तथा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने क्याफिनयुक्त पेय पदार्थ ‘फ्लेवर सिन्थेटिक ड्रिंक्स जुस’ भित्रिएको र त्यसको उपयोग हानिकारक भएको प्रमाणसहित बताइरहँदा केही दिनअघि विदेशी दलालहरुको दबाब थेग्न नसकेर कथित दुई तिहाईको मन्त्री परिषदको बैठक र प्रधानमन्त्री ओलीको ठाडो आदेशमा बिना चेकजाँच विषादीयुक्त तरकारी, फलफुल लगायतका खाद्य पदार्थ भित्र्याउन आदेश दिएको छ ।’

नेकपाले उक्त जनविरोधी निर्णयको कडा शब्दमा घोर निन्दा तथा भत्र्सना गर्दै आम झापाली जनसमुदाय, किसान, मजदुर, बुद्धिजीवी, पत्रकार लगायतलाई दलाल सरकारको आपत्तिजनक निर्णयका बिरुद्ध संघर्षमा उत्रिनसमेत अपिल गरेको छ । साथै सम्पूर्ण व्यवसायीमा कुनै पनि बहानामा जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारीजन्य खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न आग्रह नेकपाले आग्रह गरेको छ । आफूहरुको आग्रहलाई अटेर गरी जबर्जस्ती विषादीयुक्त फलफुल, तरकारी लगायतका कुनै पनि खाद्य सामग्री भित्त्राउने तथा बिक्रीवितरण गरेको पाइएमा कडा भन्दा कडा कारबाहीका साथै प्रतिवाद गर्ने नेकपाको चेतावनी छ । र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित पक्ष आफैं हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

मनिसले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो जिल्ला पार्टी उक्त जनविरोधी निर्णयको कडा शब्दमा घोर निन्दा तथा भत्र्सना गर्दै आम झापाली जनसमुदाय, किसान, मजदुर, बुद्धिजीवी, पत्रकार लगायतलाई दलाल सरकारको यो आपत्तिजनक निर्णयका बिरुद्ध संघर्षमा उत्रिनसमेत अपिल गर्दछ । साथै सम्पूर्ण व्यवसायी मित्रहरूमा कुनै पनि बहानामा जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न आग्रह गरिन्छ । अन्यथा यस सुचनालाई अटेर गरी जबर्जस्ती विषादीयुक्त फलफुल, तरकारी लगायतका कुनै पनि खाद्य सामग्री भित्त्राउने तथा बिक्रीवितरण गरेको पाइएमा कडा भन्दा कडा कारबाही साथै प्रतिवाद गर्ने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित पक्ष आफैं हुने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

हेर्नुहोस् विज्ञप्ति
देश यतिबेला राजनीतिक हिसाबले सर्वाधिक संकटमा फसिरहेको छ । सरकारमा विदेशी शक्ति केन्द्रहरुले आफ्ना प्रतिनिधिहरु खडा गरेर आफ्नो हितमा काम गर्न लगाइरहेका छन् भने यता जनताको माँझमा रहेर क्रान्ति गरिरहेको हाम्रो पार्टीलाई प्रतिबन्धित गरेको छ । कथित दुई तिहाईको हवाला दिँदै केपी–पिके–बादल मण्डली प्रत्यक्ष अप्रत्यक्ष रुपमा उनिहरुकै अनुकुलतामा एकपछि अर्को निर्णय गर्दै असली दलालमा परिणत भएको स्वयं आफैंले प्रमाणित गरेका छन् ।

यसको पछिल्लो उदाहरण नेपाली किसान दाजुभाई दिदीबहिनीहरुलाई निरास पार्दै र आम नेपाली जनताको स्वास्थ्यमाथि प्रत्यक्ष गम्भीर खेलबाड गर्ने गरी खाद्य तथा गुण नियन्त्रण विभागले भारत तथा तेस्रो मुलुकबाट आउने फलफूल, तरकारी तथा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने क्याफिनयुक्त पेय पदार्थ ‘फ्लेवर सिन्थेटिक ड्रिंक्स जुस’ भित्रिएको र त्यसको उपयोग हानिकारक भएको प्रमाणसहित बताइरहँदा केही दिनअघि विदेशी दलालहरुको दबाब थेग्न नसकेर कथित दुई तिहाईको मन्त्री परिषदको बैठक र प्रधानमन्त्री ओलीको ठाडो आदेशमा बिना चेकजाँच विषादीयुक्त तरकारी, फलफुल लगायतका खाद्य पदार्थ भित्र्याउन आदेश दिएको छ ।’

मनिसले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो जिल्ला पार्टी उक्त जनविरोधी निर्णयको कडा शब्दमा घोर निन्दा तथा भत्र्सना गर्दै आम झापाली जनसमुदाय, किसान, मजदुर, बुद्धिजीवी, पत्रकार लगायतलाई दलाल सरकारको यो आपत्तिजनक निर्णयका बिरुद्ध संघर्षमा उत्रिनसमेत अपिल गर्दछ । साथै सम्पूर्ण व्यवसायी मित्रहरूमा कुनै पनि बहानामा जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न आग्रह गरिन्छ । अन्यथा यस सुचनालाई अटेर गरी जबर्जस्ती विषादीयुक्त फलफुल, तरकारी लगायतका कुनै पनि खाद्य सामग्री भित्त्राउने तथा बिक्रीवितरण गरेको पाइएमा कडा भन्दा कडा कारबाही साथै प्रतिवाद गर्ने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित पक्ष आफैं हुने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया