एक नायब सुब्बाको सरुवाको निम्ति ३२ जना सम्म सांसद धाएको अनुभव छ : लालबाबु पण्डित !

फाइल फोटो

काठमाडौँ, बुधबार संसदको राज्य व्यवस्था समितिमा संघीय निजामती विधेयकमाथिको छलफलमा विगत स्मरण गर्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक कर्मचारीको सरुवाको लागी आफु कहाँ निकै सांसद धाउने गरेको बताएका छन् ।

उनले केहि समय अघि एक जना नायब सुब्बा सरुवाका लागि ३२ जनासम्म सांसद आफूकहाँ धाएको बताए ।

विगतको अनुभव बताउँदै उनले भने, ‘ अहिलेको त म भन्दिन अघिल्लो पटक मन्त्री हुँदा एउटा नायब सुब्बालाई सरुवा गर्न ३२ जना माननीयसम्म आउनुभएको थियो । ‘

सोर्स फोर्स लगाएर कर्मचारी सरुवा गर्ने पद्धति हटाउन विधेकयमा नै व्यवस्था गर्नुपर्ने बताउँदै उनले भने, ‘ सबैले सोर्स फोर्स लगाउयने सत्तापक्षले पनि लगायने प्रतिपक्षीले पनि लगाउने पूर्व मननीयले पनि लगाउयने यही हाम्रो कमजोरी छ, यसलाई सुधार गर्नुपर्छ । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया