काठमाडौँ, गुठी विधेयकविरुद्ध आन्दोलन चर्कीए पश्चात सरकारले उक्त विधेयक फिर्ता लिएको छ । सरकारले गुठी विधेयक फिर्ता गर्ने घोषणा गरे पनि विधेयक खारेजीको माग गर्दै काठमाडौंमा बुधबार प्रदर्शन गरिएको छ ।
विभिन्न ठाउँबाट नेपाली झण्डा बोकेर सुरू गरिएको र्याली माइतीघर मण्डलातर्फ अघि बढ्दै गर्दा त्यहाँको सवारी आवागमनमा समस्या भैरहेको छ । र्यालीमा गुठी विधेयक खारेजीको नारा लगाइएको छ ।
गुठियार तथा नेवा देय: दबुलगायतको आह्वानमा गुठी विधेयक खारेजी माग गर्दै उक्त प्रदर्शन गरिएको हो ।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै विधेयक प्रस्तुत गर्ने भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन् ।







