भ्रष्टचार निम्त्याउने नै काँग्रेस हो, यस असफल पार्टीलाई सत्तामा ल्याउन हुँदैन : विप्लब !

काठमाडौँ, नेपाल सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा समूह विपल्बका क्रियाकलाप माथि लगाएको प्रतिबन्ध बारे त हामी सबै अवगत नै छौँ । तर पनि विपल्बका क्रियाकलापहरु रोकिएका छैनन् ।

यस्तैमा एक अनलाइन मिडियासंग अन्तर्वार्ता दिँदै विप्लबले भ्रष्टचारको शुरुवात कांग्रेसबाट शुरु भएको र उक्त पार्टीलाई सट्टामा ल्याउन नहुने बताएका छन् ।

उनले जनयुद्धको स्मरण गर्दै उक्त पहल नेपालमा कायम रहेको सामन्ती सत्ता नोकरशाही तथा दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन र नेपाली जनताको सत्ता नौलो जनवाद हुँदै वैज्ञानिक समाजवादतिर देशलाई लैजाने एउटा शुरुवात रहेको बताएका छन् ।

हिजो आफूले प्रतिक्रियावाद उन्मुख भनेको एमालेसंग प्रचण्डको पार्टी एकताबारे बोल्दै उनले भने, ‘ उहाँहरूलाई छिटोछिटो सत्ताको स्वाद चाहिएको थियो ।सत्ताको रस चाहिएको थियो । त्यो रसबाट वञ्चित भइन्छ भन्ने कुरा गरेपछि उहाँहरू फर्किनुभयो । ‘

उनले भ्रष्टचारको शुरुवात काँग्रेसबाट भएको बताउँदै भने, ‘ प्रचण्डजी र केपीजीहरू त असफल हुने कुरा नै भइहाल्यो । हुँदै जाने कुरा हो तर यसको उत्तम विकल्प र समाधान नेपाली काङ्ग्रेस पनि होइन किनकि इतिहासमा सबभन्दा धेरै नेपालको राष्ट्रियतामाथि सौदाबाजी गर्ने राष्ट्रघात गर्ने पार्टी भनेको त काङ्ग्रेस पार्टी नै हो फेरी । भ्रष्टचार निम्त्याउने, उदारीकरण निम्त्याउने र निजीकरण निम्त्याउँने पनि काङ्ग्रेस नै हो । त्यसकारण काङ्ग्रेस त असफल पार्टी नै हो । ‘

 

फेसबुकबाट तपाईको प्रतिक्रिया