काठमाडौँ । रवि लामिछाने निर्धारित समयमा नै काठमाडौँको सभागृहमा पुगेका छन् । उनी पुग्दासाथ कार्यक्रम सुरु भयो । कार्यक्रम संचालकले सुरुमा नै माइक रविलाई दिइन् ।
हातमा पाए लगत्तै रविले भने मैले जति यो देशमा अरु कसैले सर्वसाधारण रोएको देखेका छैनन् । उनले बोलीरहँदा राष्ट्रियउ सभागृहमा हुटिगं भइरहेको छ । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्धारको प्रमुख तहमा जित हाँसिल संगै देशको राजनितीक माहोल तातिएका बेला चर्चित संचारकर्मी रबि लामिछानेले एक कार्यक्रमका बिच नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका छन् । यतिबेला रवि काठमाडौँको सभागृहमा पुगिसकेको र केही समयमा नै कार्यक्रम संचालन हुने बताइएको छ । चर्चित सञ्चारकर्मी रवि लामिछानेले पनि राजनीतिमा लाग्ने भन्दै गत साता टेलिभिजनबाट राजीनामा दिए । उनले काठमाडौंबाट चुनाव लड्ने मनसाय बनाएका छन् । भोली आफ्नो राजनीतिक यात्राको सबै उदेश्य आजको कार्यक्रमबाट नै बाहिर ल्याउने बताएका छन् ।
धेरैले उनलाई पनि स्वतन्त्र लड्न सुझाव दिएका छन् । काठमाडौंबाटै उम्मेदवारी दिने तयारी गरेका अर्का चर्चित व्यक्ति हुन् रमेश खरेल । उनी काठमाडौं क्षेत्र नं १ बाट लड्ने तयारीमा रहेका छन् । आफैंले निर्माण गरेको सुशासन पार्टीमार्फत उनले उम्मेदवारी दिन लागेका हुन् । नेपाल प्रहरीमा छँदा सबैमाझ एकदमै राम्रो छवि बनाएका खरेल यसपटकको बलियो उम्मेद्धारका रुपमा देखिएका छन् ।
काठमाण्डौमा मेयर बालेन शाह र धरानमा हर्क साम्पाङको जितले आउँदो संसदीय चुनावमा स्वतन्त्र उम्मेद्धारीको लहर सुरु भएको छ । खासगरी राजधानी काठमाडौंका विभिन्न क्षेत्रबाट थुप्रै युवाले स्वतन्त्र उम्मेदवारीको घोषणा गरिरहेका छन् ।
यसरी स्वतन्त्र उम्मेद्धारलाई एकत्रित गर्न बालेन्द्र काठमाडौंको महानगरमा विजयी हुँदा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले अहिले प्रमुख भुमिका खेलिरहेका छन् । काठमाडौंको क्षेत्र नम्बर ८ का स्थायी बासिन्दा सायमीले सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् । उनी यतिबेला आफूले चुनाव जित्ने ध्याउन्नमा मात्रै छैनन्, अरु स्वतन्त्र उम्मेदवारहरुलाई पनि संगठित गर्न लागिपरेका छन् ।
काठमाडौंमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा गर्ने तयारीमा रहेकाहरुसँग सायमी निरन्तर संबादमा रहेका छन् । उनले धरान उपमहानगरमा स्वतन्त्रबाट जितेको मेयर हर्क साम्पाङसँग पनि छलफल गरिरहेको जानकारी दिए । यसपाली बिशेष गरेर काठमाण्डौमा भने स्वतन्त्र उम्मेद्धारको चर्चा बढी देखिएको छ ।







