भारतको पश्चिम बंगालमा रेलको ठक्करबाट विजय श्रेष्ठको मृत्यु

काठमाडौं : भारतको पश्चिम बंगालमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ ।मृत्यु हुनेमा झापाको मेचीनगर वडा नम्बर ६ काँकडभिट्टाका ३० वर्षीय विजय श्रेष्ठ रहेका छन् ।

गालमा पर्ने पानीट्याङ्कीमा श्रेष्ठलाई रेलले ठक्कर दिएको थियो ।भारतको बिहारबाट पश्चिम बंगालतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई बिहीबार बेलुकी करिब ८:१० बजेतिर ठक्कर दिएको थियो।

घटनापछि भारतीय प्रहरीले इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई जानकारी गराएको थियो।अहिले घटनाबारे थप अनुसन्धान भइरहेको भारतिय प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया