काठमाडौं आएपछि उनले सामाजिक सञ्जालमा लेखे, ‘बागमती प्रदेशले आयोजना गरेको ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’मा सहभागी भएर धेरै खुसी लाग्यो ।’
मन्त्री जम्मकट्टेलले आफ्नो मन्तव्यमा काठमाडौं महानगरपालिकाप्रति लक्षित गर्दै एउटा पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न नपाउने समेत बताए । मेयर साह भने मन्त्री जम्मकट्टेलले बोल्दाबोल्दै कार्यक्रम छाडेर निस्किएका थिए ।
मेयरलाई नदेखिपछि उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै मन्त्री जम्मकट्टेलले सुझाव दिए ‘अब काठमाडौंमा वडाबाट फोहोर व्यवस्थापन सुरु गर्नुस, कुहिने र नकुहिने फोहोर छुट्याउनु नै वडाको मुख्य काम हो भनेर जिम्मा लगाउनुस् ।’
मेयर बालेन साहका स्वकीय सचिव भुपदेव साहले अभिमुखीकरण कार्यक्रम भनेर आरोप प्रत्यारोप हुन थालेपछि मेयर र उपमेयर कार्यक्रम छाडेर बीचैमा राजधानी फर्केको बताए ।
बालेनले काठमाडौं महानगरपालिकाबासीको गाली खान तयार रहेको तर विना कारण अरुको गाली खानुपरेको र कार्यक्रमको शीर्षक भन्दा असम्बन्धित विषयमा छलफल केन्द्रित भएकाले छोडेर हिँडेको बताएका स्वकीय सचिव साहले जानकारी दिए ।







