काठमाडौं वडा नम्बर २७ र ८ मा बालेन शाहलाई धक्का

काठमाडौँ / काठमाडौं महानगरको मतगणना चलिरहँदा वडा नम्बर २७ मा बालेन शाहलाई केही धक्का लाग्ने देखिएको छ ।

वडा नम्बर २७ मा ३०० मतको गणना सकिएको छ । प्राप्त विवरणअनुसार ३०० भोटमा स्थापित एक्लैले १४८ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर्जना सिंहको ४१ भोट छ ।

वडा नम्बर ८ मा सिर्जना अगाडि

यस्तै काठमाडौंको वडा नम्बर ८ को पनि मतगणना जारी छ । यस वडामा ६०० मतको गणना सकिँदा सिर्जना सिंहले अग्रस्थानमा रहँदो १९५ भोट ल्याएकी छन् । एमालेका स्थापित र स्वतन्त्र उम्मेवार बालेनको समान १५०/१५० भोट छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया