काठमाडौँ / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटेर कुराकानी गरेका छन्।आज बिहान नेता नेपाल निवास कोटेश्वर पुगेर प्रचण्ड र यादवले नेपालसँग कुराकानी गरेका हुन्। उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको थियो।
समसामयिक राजनीतिक घ’टनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतको दाबी छ। अब केही दिनभित्र मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ।प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएपछि अब मन्त्रिपरिषद बिस्तार गर्न लागिएको हो।







