आज एक हजार एक सय ५४ कोरोना सङ्क्रमित थपिए, संक्रमित संख्या ६५ हजार दुई सय ७६ पुग्यो

फाइलफोटो

काठमाडौं, ५ असोज । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आज एक हजार १५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा महिला ४१८ र पुरुष ७३६ जना रहेको जानकारी दिनुभयो । आज नौ हजार ५३३ जनाको पिसीआर परीक्षण गरिएको थियो । अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण देखिएको छ ।

एक हजार पाँच सङ्क्रमणमुक्त यस्तै विगत २४ घण्टामा एक हजार पाँच जना सङ्क्रमणमुक्त भई घर फर्किनुभएको छ । अहिलेसम्म ४७ हजार २३८ जना सङ्क्रमित निको भई घर फर्किसक्नुभएको छ । यसरी सङ्क्रमणमुक्त भई घर फर्किेने कुल सङ्क्रमितको ७२.४ प्रतिशत हो । यस्तै सक्रिय सङ्क्रमित १७ हजार ६११, होमआइसोलेसनमा रहेका आठ हजार ६९०, संस्थागत आइसोलेसनमा आठ हजार ९२१ र क्वारन्टिनमा सात हजार ४०३ जना रहनुभएको छ । १९६ आइसियु र ३१ भेन्टिलेटरमा यसैगरी सघन उपचार कक्ष (आइसियु)मा १९६ र भेन्टिलेटरमा ३१ जनाले उपचार गराइरहनुभएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

आइसियुमा प्रदेश नं. १ मा १०, प्रदेश नं. २ मा १६, वाग्मती प्रदेशमा १२८, गण्डकी प्रदेशमा पाँच, प्रदेश नं. ५ मा २२ र कर्णाली प्रदेशमा १५ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश नंंं १ मा एक, वाग्मती प्रदेशमा २८ र प्रदेश नं. ५ मा दुई जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पाँच सय भन्दा बढी सङक्रमण भएका जिल्ला आठ रहेका छन् । ती जिल्लामा मोरङ, सिराहा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देही छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला सङ्क्रमणमुक्त जिल्ला हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया