आ’इसोलेसन र क्वा’रेन्टिन खा’ली

मनाङ, १८ असार / हिमाली जिल्ला म’नाङको आ’इसोलेसन र क्वा’रेन्टिन खाली भएको छ । को’रोना स’ङ्क्रमित ५७ वर्षीय पुरुष डि’स्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला म’नाङ को’रोना स’ङ्क्रमणमुक्त भएको छ । म’नाङमा भेटिएका एक मात्र स’ङ्क्रमित सोमबार नि’को भएर घर फर्किएसँगै यस जिल्लामा अन्य स’ङ्क्रमित फे’ला परेका छैनन् ।

को’रोना भा’इरस स’ङ्क्रमण पुष्टि भएको ११औँ दिनमा उनी घर फर्किएका हुन् । जिल्ला अ’स्पताल म’नाङको आ’इसोलेसनमा उ’पचाररत उनी निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय म’नाङका प्रमुख बद्री आचार्यले बताउनुभयो । एघार दिनको उ’पचारपछि पि’सीआर प’रीक्षण गर्दा को’रोना ने’गेटिभ आएसँगै उनलाई डिस्चा’र्ज गरिएको आचार्यले बताउनुभयो ।

कपिलवस्तुको वाणगङ्गा स्थायी घर भई म’नाङमा कार्यरत ५७ वर्षीय पुरुषमा मात्र को’रोना भा’इरस देखिएको थियो । अहिलेसम्म म’नाङमा अन्य कुनै पनि मानिसमा को’रोना स’ङ्क्रमण पु’ष्टि भएको छैन । यद्यपि उनलाई दुई हप्ता हो’म क्वा’रेन्टिनमा बस्न अनुरोध गरिएको छ । म’नाङमा ३० जनाको पि’सीआर परीक्षण गरिएकामा एक जनाको रि’पोर्ट पो’टिभ र २९ जनाको रि’पोर्ट ने’गेटिभ आएको स्वास्थ्य कार्यालय म’नाङका प्रमुख आचार्यले बताउनुभयो ।

हालसम्म म’नाङमा १६७ जनाको आरडिटी परीक्षण गरिएको छ । म’नाङमा निर्माण गरिएको ९३ श्य’या क्षमताको क्वा’रेन्टिन र सात श्य’याको आ’इसोलेसनमा हाल कोही पनि नभएको जिल्ला प्रशासन कार्यालय म’नाङले जनाएको छ । मना’ङमा निर्माण गरिएका सबै आ’इसोलेसन र क्वा’रेन्टिन अहिले खाली छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया