काठमाडौं । नेपाली समाजमा अहिले पनि छुवाछुतजस्तो गम्भीर सामाजिक अ’पराध कायमै छ । समयसमयमा हामीले नेपाली समाजमा यस्ता जघन्य अ’पराधहरु भइरहेको देख्दैं आइरहेका छौं । दलित अधिकारका लागि सरकारले धेरै कुराहरु लिएर आएको छ ।
तर यो र यस्तै सामासजक समस्या भनेका जनताको चेतनास्तरमा परिवर्तन नआएसम्म सुधार हुन सम्भव हुँदैन । यो बीचमा दैलेख जिल्ला नारायण नपा वडा नं. १० भवानीमा सार्वजनिक धारामा पानी भरेको प्लाष्टिकको ड्रम छोएको निहुँमा दलित महिलालाई गैरदलित महिलाले धा’रिलो ह’सिया प्रयोग गरी घाईते बनाएको घटना बाहिर आएको छ ।
कालिकोट तिलगुफा नगरपालिकाकी उपमेहर दर्शना नेपालीले सामाजिक सञ्जाल फेसबुकमा यस विषयमा कुरा उठाउनु भएको छ । दलित महिला लाइ गैरदलित महिलाले पानी छोएको निहुँमा ज्यानै मार्ने हमला गरि घाइते बनाएको र स्थानीय जनप्रतिनिधि र केहि राजनीतिक व्यक्तिहरुले बहानाबाजी गरि मेलमिलाप गराउन खोजेकोमा घोर आपत्ति जनाएकी हुन ।
उपमेेेेहरको status जस्ताको तस्तै
उनले फेसबुकमा लेखेकी छिन्,
‘#घोर भत्सर्ना गर्दछु घटना प्रति गम्भिर ध्यानाकर्षण भएकाे छ………… दैलेख जिल्ला नारायण नपा वडा नं. १० भवानीमा पानीकाे धारामा पानी भरेकाे प्लाष्टिककाे ड्रम छाेएकाे निहुँमा दलित महिलालाई गैरदलित महिलाले धा’रिलाे ह’सिया प्रयाेग गरी घाईते पारेकाे घटना प्रति मेराे गम्भिर ध्याकर्षण भएकाे छ ।यस घटनालाई वहानावाजि गरी मेलमिलापकाे दुसाहस गरी कानुनलाई हातमा ल्याउँन खाेज्ने जनप्रतिनिधि र केही राजनीतिक व्यक्तिलाई कानुनले बर्जित गरेकाे काममा नलाग्न जानकारी गराउँदछु र कानुन कार्यान्वयन गर्ने निकायले पीडितलाई Fast Trak बाट न्याय प्रदान गरी राज्यकाे शाेषित पीडित, पिँधमा परेका र न्यायकाे खाेजिमा भाैतारिएका जनतालाई कानुनी राज्यकाे अनुभुति गराउँन अपिल गर्दछु ।।’







