काठमाडौ। लगातारको भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी छ ।
बहाव बढेसँगै नेपाली भूभाग थप डुबानमा पर्ने खतरा बढ्दै गएको छ ।
सप्तकोशीमा आएको पानी रोक्नका लागि ब्यारेजका ढोका थुन्न भारतले दवाव दिएको समाचार आईरहेका बेला थप ४ ढोका खेलिएको छ ।
दिउसोसम्म ३६ वटा ढोका खोलिएको थियो ।
शनिबार साँझ ५ बजे कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिनुभयो ।
शनिबार साँझ सप्तकोशी नदीमा पानीको बहाव ३ लाख ७ हजार ६५५ क्यूसेक पुगेको हो।
यो अहिलेसम्मकै उच्च बहाव हो। पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।
कोशीको पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ४१ढोका खुला गरिएको छ।







