मादकपदार्थ सेवन गरी ढुङ्गा प्रहा*रबाट महिलाको मृ**त्यु !

फाइल फोटो

पोखरा–१७ स्थित बिरौंटामा एक महिलाको टाउकोमा ढुङ्गा प्रहा*रबाट मृ**त्यु भएको छ ।

आठ वर्षदेखिसँगै बस्दै आएका ४५ वर्षीय वीरबहादुर सुनारले ढुङ्गा प्रहार गर्दा ४० वर्षीया गङ्गा सुनारको मृ**त्यु भएको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी गराउनुभएको छ ।

शवको परीक्षणपश्चात मृ**त्युको थप कारण जानकारी हुने उहाँले थप्नुभयो ।

उनी दुवै जनाले मादकपदार्थ सेवन गरेपछि झगडा हुँदा सो घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

हत्याको अभियोगमा सुनारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया