काठमाडौँ, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयघात भएको छ ।
शुक्रबार छातीमा अत्याधिक पिडा भए पछि उनलाई थापाथलीस्थित नर्भिक ल्याइएको हो । उनको सिसियु कक्षमा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ ।
अस्पताल स्रोतले भने, ‘ उहाँको शरीरमा क्याथर्टर राखिँदैछ, उहाँको स्वास्थ्यबारे अनुसन्धान भइरहेको छ । ‘







