बोक्सीको आरोपमा आफ्नै प्रहरी भतिजाबाट पिडित काकी !

काठमाडौँ, सप्तरीमा बोक्सीको आरोपमा एक महिला आफ्नै भतिजाबाट दैनिक शारीरिक यातना भोग्दै आएकी छिन् । यसमा अचम्मको विषय त यो छ कि उनलाई दैनिक शारीरिक यातना दिने भतिजा नेपाल प्रहरीका हवल्दार हुन् ।

पिडित डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा निवासी ५३ बर्षीया जशोधियादेवी यादव हुन् भने पीडक प्रहरी हबल्दार कमलदेव यादव हुन् । सोमबार जिल्लाको सदरमुकाम राजविराजमा पत्रकार सम्मेलन गर्दै पिडित महिलाले यस कुरा सार्वजनिक गरेकी हुन् ।

उनले भनिन्, ‘ एक, दुई पटक मात्र होइन, धेरै पटक आफूलाई कुटपिट गर्दै आएका छन् कमलदेवले । पछिल्लो पटक शनिबार कुटपिट गरिरहँदा बचाउन आएकी आफ्नी छोरीलाई समेत उनले कुटपिट गरेका छन् । काठमाडौंमा कार्यरत कमलदेव जहिल्यै घर आउँदा आफूलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएका छन् । ‘

सम्मेलनमा उनले कमलदेवले गरेको कुटपिट सम्बन्धमा स्थानीय प्रहरीदेखि जिल्ला प्रहरी कार्यालयसम्म निवेदन दिँदा समेत प्रहरीले निवेदन दर्ता नगरेको पनि बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया