आत्महत्या गर्न वाध्य पारिएको अभियोगमा उत्तम सञ्जेलकी श्रीमतिसहित समता अस्पतालका तीनमाथि कर्तव्य ज्यान मुद्दा !

काठमाडौँ, समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित अस्पतालका तीनविरूद्ध कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

अस्पतालका कर्मचारी झुण्डिएको अवस्थामा फेला परे पश्चात अनुसन्धान गरि प्रहरीले उनीहरुलाई छाडेको थियो । तर प्रहरीले उनीहरुलाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरू गरेको छ ।

उत्तम सञ्जेल पत्नी कला अधिकारीसहित अस्पतालकै कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीविरुद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख उत्तम सुवेदीले जनाएका छन् ।

गत असार ३ गते बौद्ध स्थित यस अस्पतालकी एक कर्मचारी मेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले अस्पतालमै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

प्रहरी प्रमुख सुवेदीका अनुसार उनलाई आत्महत्या गर्न बाध्य गरेको पाटोमा अनुसन्धान आवश्यक देखिएकाले कर्तव्य ज्यानमुद्दा चलाइएको हो । तामाङको साथबाट कला अधिकारीसहित केही कर्मचारीको नाम उल्लेख गरिएको सुसाइड नोट समेत प्रहरीले फेला पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया