काठमाडौँ, देशमा मनसुन भित्रिई सकेको छ । आज असारको दोश्रो साता सकिन लाग्दाबाट मनसुन सक्रिय भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको बताएकी छिन् ।
यो समयमा वर्षा लगातर नभई छिनमै घाम लाग्ने छिनमै पानी पर्ने हुने उनको भनाई छ । मौसम पूर्वानुमान महाशाखाले आज देशको पूर्वी र मध्य भू–भागको तुलनामा पश्चिमी भू–भागमा कम वर्षा हुने जनाएको छ ।
महाशाखाका मौसमविद् बासी भन्छिन्, ‘ पश्चिममा बनेको न्यूनचापीय रेखाले पश्चिमी भू–भागहरूमा मनसुन कम सक्रिय भएको हो । ‘ महाशाखाले राति देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहने जानकारी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले निकालेको तिन दिने मौसम पूर्वानुमान विवरण यस्तो छ :
असार १२ गते बिहिबार
बिहिबार देशको मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली तथा पश्चिमि भू-भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पूर्व र मध्यका धेरै स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी बिहिबार राती देशको मध्य र पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमि भू-भागमा आंशिकदेखि सामान्य बदली भइ पूर्व र मध्यका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।
असार १३ गते शुक्रबार
शुक्रबार देशको मध्य र पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमि भू-भागमा आंशिक बदली भइ मध्यका केही स्थानहरूमा साथै पश्चिम र पूर्वका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहनुका साथै राती देशको मध्य र पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमी भू-भागमा आंशिक बदली भइ पूर्व र मध्यका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
असार १४ गते शनिबार
महाशाखाका अनुसार शनिबार दिउँसो देशको मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली तथा पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली भइ पूर्व र मध्यका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ भने राती देशको मध्य र पूर्वी भू-भागमा सामान्य बदली तथा पश्चिमी भू-भागमा आंशिक बदली भइ पूर्व र मध्यका केही स्थानहरूमा साथै पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।







