करिब ७ घण्टा पछि खुल्यो अवरुद्ध राजमार्ग !

काठमाडौँ, धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा माथिबाट आएको लेदो जमेपछि बिहान २ बजेदेखि पृथ्बी राजमार्ग अवरुद्ध भएको थियो ।

अवरुद्ध भएको सडक करिब करिब ७ घण्टा पछि ९ बजेर २७ मिनेटबाट पुन संचालनमा आएको छ । सो लेदोमा केही सवारीसाधन समेत फसेका थिए ।

सडकभन्दा माथि बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको थियो । सडक अवरुद्ध भएपछि यसलाई हटाउन बालुवा व्यवसायी र गाउँपालिकाले राजमार्गमा डोजर लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया