काठमाडौँ, राजधानीलाई तराई–मधेससंग जोड्ने फास्टट्रयाकको खर्च १ खर्ब र निर्माण अवधि झन्डै दुई वर्ष बढ्ने भएको छ । फास्टट्रयाकको लागत र निर्माण अवधी बढ्ने बारे कोरियाली कम्पनी सुसुरुङले तयार पारेको विस्तृत परियोजना प्रतिवेदनले निष्कर्ष निकालेको छ ।
भारतीय कम्पनि आईएल एन्ड एफएसद्वारा तैयार पारिएको विस्तृत परियोजना प्रतिवेदनमा निर्माण लागत १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर निर्माणको जिम्मा पाएको नेपाली सेनालाई कोरियन कम्पनी सुसुङले दुई साताअघि मात्र २ खर्ब लागत लाग्ने उल्लेख गरी विस्तृत परियोजना प्रतिवेदन बुझाएको उच्च सैनिक स्रोतले जानकारी दिएको छ ।
यस समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।