प्रदर्शनकारी सट्टा शिक्षकलाई प्रहरीले पानीको फोहोरा

काठमाडौं ,१९ फागुन:-स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिले काठमाडौंमा  माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ वानेश्वर आइपुगेपछि प्रहरीले पानीको फोहोरा हानेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्रोत व्यक्तिहरुलाई साविकको दरवन्दीमा काज फिर्ता गर्ने र उनीहरुको सट्टामा नियुक्त शिक्षकहरुलाई माघ महिनासम्मको मात्र तलब भत्ता दिएर सेवाबाट हटाउने भन्दै फागुन ८ गते परिपत्र गरिएको थियो । तर कतिपय विद्यालयमा स्रोत व्यक्तिहरु काजमा नफर्किएकाले सट्टा शिक्षकहरुले नै पढाइरहेका छन्  उनीहरुले तलब पाउने नपाउने टुंगो छैन ।

सरकारले सट्टा शिक्षकहरुलाई सेवाबाट हटाएर बेरोजगार बनाएको भन्दै विरोधमा उत्रेका हुन।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले प्रदर्शनकारीलाई हटाउन फोहोरा प्रयोग गरेको हो ।

स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिको प्रदर्शनमा आज प्रहरीले हस्तक्षेप गरेको छ । सडक अवरोध गर्न खोजेपछि सामान्य लाठीचार्ज गरी पानीको फोहराले हटाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रदर्शन गर्दै आज माइतीघरबाट बानेश्वर जाने क्रममा निषेधीत क्षेत्र तोड्न खोजेपछि हस्तक्षप गर्नुपरेको प्रहरीले जनाएको छ । सट्टा शिक्षकले सरकारले कामबाट हटाएर बेरोजगार बनाउन खोलेएको भन्दै आन्दोलित भएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरुलाई स्रोत व्यक्तिको रुपमा नरहने र पुरानै स्रोत व्यक्तिलाई पठाउने निर्णग गरेको थियो ।

आन्दोलनरत् सट्टा शिक्षकले यसअघि सरकारलाई विभिन्न विषय समेटेर मागपत्र बुझाएका थिए । कतिपय विद्यालयमा स्रोत शिक्षक नआउँदा सट्टा शिक्षकले नै पढाउँदै आएका छन् । आज उनीहरुले माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया