इन्धनको मूल्यमा भारी वृद्धि, अब एक लिटर पेट्रोलको १८० रुपैयाँ

सांकेतिक तस्वीर

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ ।

आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ ।

अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ ।

खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको छ ।

अब एक सिलिण्डर ग्याँसका लागि १८०० रुपैयाँ पर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया