काठमाडौं काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन् ।
शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसकाे ? बालेनको’ भन्दै नाराबाजी गर्न थालेका हुन् ।
समर्थकहरूले बालेन शाह एउटा अभियान भएको भन्दै उनको अभियानमा आम जनता सहभागी भइरहेको बताएका छन् । बालेन शाहको अग्रताले देशभर नै तरंग ल्याइरहेको उनीहरूको तर्क छ ।
बालेनको अग्रताले अब यसअघिको राजनीतिक संस्कारबाट चल्न नसक्ने प्रमाणित हुने अवस्था आएको उनका समर्थकको भनाइ छ । बालेनले पाएको भोट अन्य राजनीतिक दलका लागि नो भोटसमेत भएको उनीहरूको भनाइ छ ।
पछिल्लो अपडेटअनुसार बालेन शाहले १३० मत ल्याएर अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा एमालेका केशव स्थापित छन् । स्थापितले १०३ मत ल्याउँदा सिर्जना सिंहले ९५ मत ल्याएर पछ्याइरहेकी छन् । काठमाडौंमा वडा नम्बर १ र ३२ को मतगणना सुरु भएको हो ।