एमालेले बनायो १४ विभाग, ओली बने स्कुल विभाग प्रमुख

काठमाडौं । नेकपा एमालेले ९ वटा विभाग बनाएको छ । पार्टी स्थायी कमिटीको सोमबार बसेको बैठकले संगठन, स्कुलसहितका १४ वटा विभाग बनाएको हो । स्कुल विभागको जिम्मा भने पार्टी अध्यक्ष ओलीले लिएका छन् ।

स्थायी कमिटीको सोमबार बसेको बैठकले विभिन्न विभागका प्रमुख र सदस्यहरूको नाम तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।पार्टी एकताको प्रयास चलिरहेका बेला एमालेले अब पर्खेर बस्न नसक्ने भन्दै सांगठानिक संरचनाहरूलाई पूर्णता दिन लागेको हो । माधव नेपाल पक्ष फर्केर आएको खण्डमा सो समूहका नेताहरूलाई समेट्नका लागि पर्याप्त स्थान सुरक्षित गरिएको ज्ञवालीले बताए ।

विभागहरूमा अहिले सबै संख्यामा मनोनयन गरिएको छैन । आगामी २४ गते बस्ने केन्द्रीय कमिटीले थप निर्णय गर्ने प्रवक्ता ज्ञवालीले बताए ।

यो पनि बलिउड अभिनेत्री करीना कपुर खानले सैफअलीका पुर्व पत्नि अमृता सिंहसंग जीवनमा कहिल्यै पनि भेट नभएको बताएकी छन् । उनले सो कुरा बलिउडका निर्देशक तथा निर्माता करण जौहरको कार्यक्रम ‘कफी विथ करण ६’ मा बताएकी हुन् ।

जुन कुराको खुलासा करिनाले गरिन्, त्यो कुरा सुनेर कार्यक्रमका होस्ट करण त आश्चर्यमा परे परे साथसाथै करिनाको उक्त कुरा सुनेका सबै र त्यो कार्यक्रम हेरिरहेका सबै सोशल मिडियाका यूजरहरु पनि आश्चर्यमा नै परे । करिनाले उक्त कार्यक्रममा अमृतासँग आफ्नो भेट नै नभएको र सैफसँग भेट्दा अमृतासँग सम्बन्धविच्छेद भइसकेको बताएकी थिइन् ।

करिनाको यो कुरा सुनेर अमृता र सैफका छोराछोरी सारा र इब्राहीम पनि रिसाएको खबर बाहीरिएको छ । खबरका अनुसार करिनाले आफ्नो आमासंग कहिल्यै भेट नभएको भनेर भन्नु भनेको आफ्नी आमाको बेइजत गरेको छोरी सारा र छोरा ईब्राहीमले बताएका छन् । उनीहरुले करिना कुनै आउट साईडर नभएको हुनाले आमा बुवाको विबाहदेखि उनीहरुको प्रेमको चर्चा र फिल्मी क्षेत्र एउटै भएको बताउँदै सानैदेखि करिनाले आमा अमृतालाई देख्दै आएको पनि बताएको कुरालाई भारतीय सञ्चारमाध्यमहरुमा उदृढ गरिएको छ ।

अभिनेत्री करीना अहिले दोस्रोपटक गर्भवती भएकी छन् । गर्भवती भएपछि उनी चर्चामा आएकी छिन् । उनले बलिउडका अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । उनका एक छोरा तैमूर समेत विभिन्न कारण चर्चामा आइरहन्छन् । सैफले करीनाभन्दा अगाडि सन् १९९१ मा अमृता सिंहसँग विवाह गरेकी थिइन् । तर उनीहरुको सन् २००४ मा सम्बन्धवि’च्छेद भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया