ब्याडमिन्टन खेलाडीलाई सिल्क ग्रुपको सहयोग

काठमाडौं। सिल्क ग्रुपले २२ खेलाडीसहित २५ सदस्यीय ब्याडमिन्टन टोलीलाई केल्मीको ज्याकेट आइतबार प्रदान गरेको छ । नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठको पहलमा खेलाडीलाई सिल्क ग्रुपले सहयोग गरेको हो ।सिल्क ग्रुपका चेयरम्यान रमेश शेर्पा र प्रमुख कार्यकारी अधिकृत कल्याण सिलवालले एक कार्यक्रमबीच ज्योकट हस्तान्तरण गरे । सो अवसरमा सदस्य श्रेष्ठले खेलाडीलाई सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

आदरणीय पत्रकार मित्रहरू
अखिल नेपाल खेलकुद महासंघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम गृहमन्त्री राम बहादुर थापा ९बादल० को प्रमुख आतिथ्यमा निम्न मिति, स्थान र समयमा हुने भएकाले सो कार्यक्रममा उपस्थितका लागि यहाँहरूमा हार्दिक अनुरोध गर्दछौ ।
मिति स् २०२८ पुस २८ गते मङ्गलवार
स्थान स् द यालाखिम रेस्टुरेन्ट, तिखेदेवल ललितपुर,
महालक्ष्मी थान बाट नखिपोट जाने बाटो उमा महेश्वर मन्दिर नजिक ।
समय स् दिउसो १२ ३० बजे
आयोजक
अखिल नेपाल खेलकुद महासंघ
९८५१०८९७१८

फेसबुकबाट तपाईको प्रतिक्रिया