उपत्यकाका सामान्य बेडलाई आईसीयू बनाइँदै

फाइल फोटो

काठमाडौं, १७ कार्तिक । नेपालका सातैवटा प्रदेशमा आईसीयू ९५९ बेड रहेकोमा २९६ वटा आइसीयूमा राखेर संक्रमितको उपचार भैरहेको छ । त्यस्तै नेपालभरमा ४२३ वटा आईसीयू सहितको भेन्टिलेटर रहेकोमा ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

तंथ्याङ्गलाई हेर्दा बागमती प्रदेशका काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमितको सख्या धेरै भएकाले आईसीयु तथा आइसियुसँगैको भेन्टिलेटर बेडको संख्यामा भने अभाव देखिएको छ । सगम्रमा अहिलेको अवस्थामा हेर्ने हो भने बागमती प्रदेश बाहेकका अन्य प्रदेशमा आईसीयू तथा भेन्टिलेटर बेडको मौजाद संख्या सन्तोषजनक देखिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया