२४ घण्टामा देशभर ३,७४९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १,२१,७३५ पुग्यो

काठमाडौँ, २९ असोज । पछिल्लो २४ घण्टामा देशभर ३७४९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जाग्गेश्वर गौतमले सो कुराको जानकारी गराएका हुन् । योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७३५ जना पुगेको छ।

त्यसैगरी गएको २४ घन्टामा उपत्यकामा मात्रै १९३५ संक्रमित थपिएका छन्।संक्रमित मध्ये काठमाडौंमा १६९२ जना, भक्तपुरमा १३४ र ललितपुरमा १०८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ३३९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २४ हजार १९४ होम आइसोलेसनमा छन्। हालसम्म १२ लाख ३७ हजार ६३६ जनाको पिसिआर परीक्षण भएको छ।

यसैबीच पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको गौतमले बताए ।
यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया