हेरौँ, देशको बोल्ने फोटो !

काठमाडौँ, १४ असोज । भनिन्छ शब्दबाट बयान गर्न नसकेको कुरा फोटोले बयान गर्छ । हेरौं आज देशभर भएका घटनाको केही तस्विरः

रसुवामा तैनाथ कालीजंग गणले गोसाइँकुण्ड पदमार्ग अन्तर्गत बुद्धमन्दिरदेखि गोसाइँकुण्डको रेलिंगबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटाको संरक्षित क्षेत्रमा चर्दै गरेका कृष्णसार । उचित बासस्थानका कारण कृष्णसारको संख्या संरक्षण क्षेत्रका एक सय बढी पुगेको छ ।
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–२ कमेरेस्थित माछा पोखरीमा माछा मार्न जाल हान्दै जलहारी । गाउँपालिकाको रु ७५ लाख र जनश्रमदान रु १४ लाख ४० हजार गरी ८९ लाख ४० हजारमा सो माछापालन गरेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ पोखरेबगरमा निर्माण हुन लागेको २२० केभी क्षमताको प्रसारण लाइनको टावर निर्माणका लागि सामग्री ढुवानी गर्दै मजदुर ।
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–२ कमेरेस्थित मजुवा बगरमा भैँसी र बाख्रा चराउँदै स्थानीय बासिन्दा । त्यहाँका स्थानीय किसानले दिनभरि बस्तुभाउ त्यही बगरमा चराउने गर्छन् ।
पाल्पाको रामपुर नगरपालिका वडा नं ८ पिपलचौरस्थित वर्षाले घर भत्किएपछि क्षति पुगेको छ ।
डोटीको प्रमुख व्यापारी केन्द्र दिपायलस्थित पिपल्ला बजारमा चटपटे बनाएर बिक्री गर्दै एक बालक । दैनिक चटपटे बेचेर उनले रु एक हजार कमाउने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया