मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा, प्रधानमन्त्रीले दिए तीन विकल्प

काठमाडौं, ५ असोज । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सरकार पुनर्गठन गर्ने निर्णय गरेको छ । पार्टी एकीकरणपश्चात् पहिलो पटक पेरिसडाँडास्थित कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले सरकारलाई प्रभावकारी बनाउन सरकार पुनर्गठन गर्ने निर्णय लिएको हो । केही दिनअघि सम्पन्न स्थायी कमिटी बैठकले पनि सरकार पुनर्गठन गर्न सुझाव दिएको थियो ।

नेकपा सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको निर्णयअनुसार सरकार पुनर्गठनका बारेमा नीतिगत छलफल सुरु भएको बताए ।

नेकपा स्रोतका अनसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा तीन विकल्प दिएका छन् । प्रधानमन्त्री ओलीले पहिलो विकल्पका रूपमा सबै मन्त्री हटाउने, दोस्रो विकल्पमा सुरुमा मन्त्री भएकाहरूलाई र तेस्रो विकल्प केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने गरी प्रस्ताव गरेका छन् । आजको राजधानी दैनिकमा सूभाष साहले लेख्नु भएको समाचार प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया