जगदम्बा बदमासी स्वीकार गर्न बाध्य : गुणस्तर विभागले छड बिक्रीमा लगायो रोक

काठमाडौं । फलामे छडलगायतका निर्माण सामग्रीको उपभोक्ता जगदम्बा गु्रपले उसका उत्पादन परीक्षणमा गुणस्तरहीन प्रमाणित भएपछि ‘दक्ष प्राविधिकको अभावमा गल्ती भयो’ भनेको छ । गुणस्तर तथा नापतौल विभागको कारबाही स्वीकार गर्दै उसले यस प्रकारको प्रतिक्रिया दिएको विभाग स्रोतले उल्लेख गरेको छ

‘कालोबजारी गर्छ र स्वीकार्छ, कमसल डन्डी पटक–पटक बिक्री गर्छ र गल्ती भयो भन्छ’, एक स्वतन्त्र बजार विश्लेषकले नेपाल समाचारपत्रलाई भने– ‘यस्ता व्यापारीमाथि नेपालमा कुनै कारबाही हुँदैन, सबै पैसामा बिकेका छन्, सायद शंकर गु्रप यही विश्वासका साथ निरन्तर उपभोक्तामाथि खेलबाड गरिरहेको छ ।’

Leaderboard Banner

खरिद मूल्यभन्दा कयौं गुणा बढीमा सामान बिक्री गरेको, कर छली गरी सम्पत्ति आर्जन गरेको जस्तो घटना होइन, त्यसभन्दा भयंकर ठूलो लाखौं मानिसको जीवन र सम्पत्तिमाथि खेलबाड गर्दै कमसल निर्माण सामग्री उत्पादन एवम् बिक्री गरेको अभियोग सो समूहमाथि लागेको छ । अभियोग प्रमाणित भएपछि नापतौल तथा गुणस्तर विभागले कारबाहीसमेत गरेको स्थितिमा अग्रवाल परिवार सर्वसाधारणको जिन्दगीसंग कसरी खेलबाड गर्दो रहेछ भन्ने विषय उदाङ्गो भएको छ ।

 

‘धरौटीमा रिहा गर्न लकडाउनले छेकेन तर कारबाही चलाउन लकडाउनले छेकिरहेको छ’, बजार विश्लेषक टिप्पणी गर्छन्– ‘पावर र पैसाको बलले मनपरी गर्न सकिन्छ भन्ने अग्रवालको मानसिकताले उपभोक्ता मारमा परे ।’

कम्पनीका उत्पादनमाथि भएको गुणस्तरको कारबाही र पटक–पटक कम्पनी र सञ्चालक विवादमा पर्नुको कारणबारे शंकर ग्रुपका सञ्चालकमध्येका एक साहिल अग्रवालसँग नेपाल समाचारपत्रले सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । यो समाचार आजको नेपाल समाचार पत्रमा प्रकाशित छ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया