कल्भर्टमुनि शव फेला

लहान, १५ साउन । सिरहा नगरपालिका–१० पदमपुरमा आज बिहान एक जनाको शव फेला परेको छ । पदमपुरबाट नरैया जाने सडक खण्डको कल्भर्टमा स्थानीयवासी ५१ वर्षीय झगरु मुखियाको शव फेला परेको हो । कल्भर्टमुनि स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Leaderboard Banner

शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । तम्घास– गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलमा एक शव फेला परेको छ । स्थानीयवासी ३२ वर्षीय लक्ष्मण घर्तीको शव आज बिहान ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।

साउन ८ गतेदेखि परिवारबाट सम्पर्कविहीन घर्ती धुर्कोटकोट नजिकै मृतावस्थामा भेटिएका हुन् । घटनाको कारण अझै खुलेको छैन ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया