मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी नियुक्त

मकवानपुर, १४ साउन । वाग्मती प्रदेश मन्त्रिपरिषद्को भर्खरै सकिएको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा.विश्वराज जोशीलाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रतिष्ठानको उपकुलपतिमा डा जोशीलाई नियुक्त गरेको सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । त्यसैगरी बैठकले वैदेशिक सहयोग प्राप्ति तथा कर छुटका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

Leaderboard Banner

उक्त बैठकले बालअधिकार समितिको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरिएको पनि प्रवक्ता ढुङ्गेलले जानकारी दिनुभयो । प्रदेशमा युवा परिषद् नियमावली संशोधनका लागि पनि सिफारिस गरिएको छ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया