२४ घण्टामा नेपालमा थप ४८२ जनामा सं’क्रमण पु’ष्टि

काठ्माण्डौं असार १७ / बिस्व ब्यापी रुपमा फै’लिएको को’रोना भा’इरस २४ घण्टामा नेपालमा थप ४८२ जनामा सं’क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनु भएको हो ।कोरोना भाइसर संक्रमितमा ११७ महिला र ३६५ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ४६ पुगेको छ ।

Leaderboard Banner

उहाका अनुसार बितेको २४ घण्टामा थप १४६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।यससँगै नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या ४ हजार ६५६ पुगेको छ ।यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । अछामका ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएसँगै मृतकको संख्या ३० पुगेको हो । मृत्यु भएको भोलिपल्ट स्वाब संकलन भएकोमा मंगलबार कोरोनाको रिपोर्ट पोजेटिभ आएको गौतमले जानकारी दिनु भएको छ ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया