भारतमा झण्डै छ लाख स’ङ्क्रमित

नयाँदिल्ली, असार १७/   म’हामारीका रुपमा फैलिएको को’रोनाभा’रसबाट स’ङ्क्रमित हुनेहरुको संख्या भारतमा छ लाख पुग्न लागेको छ ।स’रकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म को’रोनाभा’इरसबाट पाँच लाख ८५ हजार ४९३ जना स’ङ्क्रमित भएका छन् ।तीमध्ये पछिल्लो २४ घण्टामा मात्रै १८ हजार ६५३ जना को’रोनाभा’इरसबाट स’ङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

Leaderboard Banner

केन्द्रीय स्वास्थ्य तथा परिवार क’ल्याण मन्त्रालयले दुई लाख २० हजार ११४ जना अझै पनि स’ङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।कुल स’ङ्क्रमितमध्ये तीन लाख ४७ हजार ९७९ जना स’ङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।भारतमा को’रोनाभा’इरसका कारण अहिलेसम्म १७ हजार ४०० जनाको मृ’त्यु भइसकेको छ । ती मध्ये ५०७ जनाको मृ’त्यु पछिल्लो २४ घण्टामा भएको हो ।

प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै स’ङ्क्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल स’ङ्क्रमितको संख्या एक लाख ७४ हजार ७६१ पुगेको छ । त्यसैगरी त’मिलनाडुमा ९० हजार १६७ जना स’ङ्क्रमित भएका छन् ।अधिकारीहरुका अनुसार त’मिलनाडुमा एक हजार २०१ जनाको मृ’त्यु भएको छ भने दिल्ली प्रदेशमा ८७ हजार ३६० जना स’ङ्क्रमित भएका छन् ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया