मुग्लिन–नारायणगढ सडकखण्डमा परिवार सवार जीप दु’र्घटना, आमा र छोराको मृ’त्यु

फाइल फोटो

हेटौँडा, १६ असार /  मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दु’र्घटना हुँदा धितालकी श्रीमती र छोराको मृ’त्यु भएको छ । जीपमा सवार तीन जना घाइते भएका छन् । सोमबार साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दु’र्घटना भएको थियो । दु’र्घटनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुजको मृ’त्यु भएको हो । स्कर्पियो जीपमा काठमाडौँबाट हेटौँडातर्फ आउने क्रममा भारतीय ग्यास बुलेटसँग ठोक्किएर दु’र्घटना भएको चितवन प्रहरीले जनाएको छ ।

Leaderboard Banner

धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको चितवन प्रहरीले जनाएको छ । छोरा अनुजको उपचारका क्रममा आज बिहान मृ’त्यु भएको पारिवारिक स्रोतले जनाएको छ । दुर्घटनामा परी चालक राजन घिमिरे गम्भीर घाइते भएका छन् । यस्तै कृष्ण धिताल र छोरी वर्षा मध्यम अवस्थामा रहेको चितवन प्रहरीले जनाएको छ । धिताल परिवार सवार बा१३च ५९२९ नंको स्कर्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दु’र्घटना भएको हो ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया