पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस सं’क्रमण

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सं’क्रमण पुष्टि भएको छ ।
देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो सं’क्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् ।

थप एकको मृ’त्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना सं’क्रमणका कारण थप एक जनाको मृ’त्यु भएको छ । रौतहट घर भएका ३० वर्षका पुरुषको १३ गते राति ललितपुरको स्टार अस्पतालमा मृ’त्यु भएको हो ।

श्वासप्रश्वासको कठिनाइ भएपछि अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो । त्यही दिन स्वाब संकलन गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यही राति उनको मृ’त्यु भयो भने १४ गते कोरोना सं’क्रमण भएको रिपोर्ट आएको छ ।यससँगै नेपालमा कोरोना सं’क्रमणका कारण मृ’त्यु हुनेको संख्या २९ पुगेको छ ।

Leaderboard Banner

कहाँ कहाँ थपिए सं’क्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै सं’क्रमित डोटीमा ९६ जना थपिएका छन् । बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ ।

यस्तै, तनहुँका ९ जना, स्याङ्जाका ८, धनुषाका ६, गोरखा, प्युठान र रुपन्देहीका ५÷५ जना, प्युठान, चितवन र महोत्तरीका ४÷४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २÷२ जनामा सं’क्रमण पुष्टि भएको छ । त्यस्तै, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, रोल्पा, बारा र रुकुम पश्चिमका एक÷एक छन् ।

उपत्यकामा ८ जना थपिए

यस्तै, काठमाडौं उपत्यकामा पनि ८ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ६ जना काठमाडौंका छन् भने भक्तपुर र ललितपुरका एक÷एक जना छन् ।

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया