भक्तपुरमा एक मजदूरको ह’त्या

भक्तपुरमा सोमबार बिहान एक जना व्यक्तिको ह’त्या भएको छ।हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले एक मजदूरलाई पक्राउ गरेको हो।भक्तपुर नगरपालिका वडा नम्बर ४ गहिटीस्थित सार्वजनिक पाटीमा अन्दाजी ४५ वर्षीया कृष्ण तामाङ मृ’त फेला परेका थिए। उनी ‘जडिबुटी’ उपनामले चिनिन्थे।

Leaderboard Banner

प्रहरी घटनास्थल पुग्दा उनको टाउको, निधार र चिउडोमा चोट लागेको थियो।चोट देखिएपछि प्रहरीले कर्तव्य गरी मारिएको पु’ष्टि गर्दै अभियुक्तहरूको खोजीतलासी गर्दा एक मजदूरलाई पक्राउ गरेको परिसरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।

प्रहरीले उनको ह’त्याको आरोपमा सिन्धुलीका तीनपाटन गाउँपालिका घर भई हाल सोही गहिटीमा बस्दै आएका ३० वर्षीय ईन्द्रबहादुर तामाङलाई पक्राउ गरेको छ।उनीहरूबीच आपसी विवाद हुँदा तामाङले ढुंगाले टाउकोमा प्रहार गरी ह’त्या गरेको डिएसपी गिरीले बताए।प्रहरीले थप अनुसन्धान थालेको छ। ‍

Leaderboard Banner

फेसबुकबाट तपाईको प्रतिक्रिया